Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २० वर्षीय युवकको ज्यान गयो

 

साउन २६, रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। सोमबार बिहान बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल मणिग्राममा अनियन्त्रित भई दुर्घटनामा परेको हो।


मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा–१४ तीनधुराको भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका भुसाललाई उपचारका लागि तत्काल क्रिमसन अस्पताल पुर्‍याइए पनि, अस्पताल पुग्नेबित्तिकै उनको मृत्यु भएको हो।


पानीका कारण सडक चिप्लिएर टायर फिस्लिनु दुर्घटनाको सम्भावित कारण रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom