दुर्घटनामा सुन्दरबजार–६ की गोमा अधिकारी गम्भीर घाइते भएकी छन्। उहाँको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको छ। अन्य घाइतेमा सुन्दरबजारका कृष्णकुमारी रेग्मी, सिर्जना तामाङ, स्वतन्त्र घिमिरे, सरस्वती न्यौपाने र पर्वतकी दिक्षा किरण शर्मा रहेका छन्। उनीहरू सबैको नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार अटोमा क्षमता भन्दा बढी यात्रु रहेका र वर्षाका कारण सडक चिप्लिँदा चालकको नियन्त्रण गुमेर दुर्घटना भएको प्रारम्भिक अनुमान छ। अटो र चालक विनोद खड्का इलाका प्रहरी कार्यालय भोटेओडारको नियन्त्रणमा रहेका छन्।