साउन २६, लमजुङ ।
लमजुङको सुन्दर बजारमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको ग.प्र. ०४–००१ ह २०४ नम्बरको यात्रुबाहक अटो पोख्रेल गाउँको घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा सुन्दरबजार–६ की गोमा अधिकारी गम्भीर घाइते भएकी छन्। उहाँको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको छ। अन्य घाइतेमा सुन्दरबजारका कृष्णकुमारी रेग्मी, सिर्जना तामाङ, स्वतन्त्र घिमिरे, सरस्वती न्यौपाने र पर्वतकी दिक्षा किरण शर्मा रहेका छन्। उनीहरू सबैको नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार अटोमा क्षमता भन्दा बढी यात्रु रहेका र वर्षाका कारण सडक चिप्लिँदा चालकको नियन्त्रण गुमेर दुर्घटना भएको प्रारम्भिक अनुमान छ। अटो र चालक विनोद खड्का इलाका प्रहरी कार्यालय भोटेओडारको नियन्त्रणमा रहेका छन्।





