Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बेलझुण्डीमा मंगलबार राति बस दुर्घटना हुँदा सात जना घाइते


दाङमा बस दुर्घटना, सात घाइते

दाङ, भदौ ४ – तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत बेलझुण्डीमा मंगलबार राति बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ३२५१ नम्बरको बस अचानक अनियन्त्रित भई सडकको उत्तरतर्फ पल्टिँदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बसमा चालकसहित आठ जना सवार थिए।

घाइते हुनेहरूमा सहचालक १७ वर्षीय डेबिट पुन मगर, बसधनी ३५ वर्षीय गणेश घर्ती मगर, २२ वर्षीया रुपा बोहरा, २८ वर्षीया गीता विक, ३३ वर्षीय जोगिराम चौधरी, ४३ वर्षीय सन्तोष डिसी र २२ वर्षीय रबि बुढामगर रहेका छन्। घाइते सबैलाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस विद्युत पोलमा ठोक्किँदा पोल ढलेको र तत्काल लाइन काटेर मर्मत गरेपछि मात्र सडक सञ्चालनमा आएको थियो। दुर्घटनापछि बस चालक नारायण कुवर फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom