रूपन्देही, भैरहवा —
सरकारी जग्गा अनियमिततामा मुछिँदै आएका नापी अधिकृत सुग्रीव यादवको सम्पत्ति करिब १५ करोड रहेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध करिब ६ करोड ८० लाख अवैध सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
२०५३ असारदेखि २०८१ असारसम्मको परीक्षणमा यादवले करिब ९ करोड वैध आय आर्जन गरे पनि १४ करोड ८३ लाखभन्दा बढी खर्च गरेको पाइएको छ। त्यसमा ५ करोड ७९ लाखभन्दा बढी रकमको स्रोत खुल्न नसकेको आयोगको निष्कर्ष छ।
यादवले शक्तिकेन्द्र र उच्च पदस्थलाई रिझाएर दशकौँसम्म नापी कार्यालय भैरहवामा निमित्त कार्यालय प्रमुख बनेर सरकारी जग्गाको चरम दुरुपयोग गरेको आरोप छ।




