भारतको गुवाहाटीमा जारी पाँच खेलको टी–२० शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ले आसामलाई ९६ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १७३ रन बनायो। नेपालका लागि सन्दीप जोराले ३५, पवन सर्राफ र देव खनालले समान ३१–३१, बसिर अहमदले २७ र विवेककुमार यादवले अविजित २६ रनको योगदान दिए।
जवाफी ब्याटिङमा आसाम १५.२ ओभरमै ७७ रनमा अलआउट भयो। नेपालका युवराज खत्रीले ४, बसिर अहमदले ३, र अन्य बलरहरूले एक–एक विकेट लिए।
यसअघि पहिलो खेलमा डिएलएस नियमका आधारमा नेपाल ‘ए’ १५ रनले पराजित भएको थियो। अब शृङ्खला १–१ को बराबरीमा पुगेको छ। तेस्रो खेल शनिबार हुनेछ।




