Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साउथ अष्ट्रेलिया २ विकेटले पराजित, नेपाल विजयी

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम एकदिवसीय अभ्यास खेलमा साउथ अष्ट्रेलियामाथि रोमाञ्चक जित हात पारेको छ। नेपालले घरेलु टोलीलाई २ विकेटले पराजित गर्दै भ्रमण सुखद रुपमा टुङ्ग्याएको हो।

साउथ अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ४५ ओभरमा सबै विकेट गुमाएर २४२ रनको योगफल बनायो। जवाफी क्रममा नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

नेपालको जितमा कप्तान रोहित पौडेलले शतक प्रहार गर्दै १०१ रन जोडे। यस्तै, सोमपाल कामी ३८ रनसहित उपयोगी योगदानकर्ता बने।

बलिङमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो। सोमपाल कामी र नन्दन यादवले समान ३–३ विकेट लिए।

अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज तथा अभ्यास खेल खेलेको नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताका लागि तयारी गरिरहेको छ।



Top Post Ad

post bottom ads

Ads Bottom