Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तस्करीको गोरु ढुवानी हुँदै गरेको एक ट्रक नियन्त्रणमा

पश्चिम नवलपरासी – पश्चिम नवलपरासी प्रहरीले बर्दघाटबाट तस्करीको गोरु ढुवानी हुँदै गरेको एक ट्रक नियन्त्रणमा लिएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिकाको टीसीएन चोकमा ना ६ ख ९१७७ नम्बरको ट्रकमा १८ वटा गोरु लोड गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। ढुवानीकै क्रममा एक गोरुको मृत्यु भएको र मृत गोरुलाई पशु चिकित्सकको रोहबरमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। बाँकी गोरु सुनवलस्थित कामधेनु गौशालामा पठाइएको छ।

घटनासँग सम्बन्धित ट्रक चालक मकवानपुर, हेटौँडा–१९ का तोयनाथ शिवाकोटीलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत पशुपक्षीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिए।

Top Post Ad

post bottom ads

Ads Bottom