जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७७७६ नं. को बस तीव्र गतिका कारण अनियन्त्रित भएर बिच सडकमै पल्टिएको हो ।
बसमा करिब २५ जना सवार रहेको र दुर्घटनामा परेर १३ जना घाइते भएको सूचना अधिकारी नेपालले जनाएको छ । घाइतेहरुलाई भरतपुर र कावासोतीका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये देवचुली नगरपालिका १४ प्रगतिनगर निवासी ६५ वर्षीय महिला विष्णु विक र चितवनको भरतपुर महानगरपालिका २१ निवासी ७० वर्षीय पुरुष दीपबहादुर भट्टराइको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
त्यसैगरी ७ जनाको कावासोतीमा रहेको नवलपुर अस्पतालमा उपचार भइरहेको छ ।
नवलपुर अस्पतालमा कावासोती ८ निवासी १४ वर्षीय उत्कृष्ट पोख्रेल, कावासोती ८ कै ६३ वर्षीय राजकुमार सिग्देल, बाराको कैलाली उपमहानगरपालिका १९ निवासी १७ वर्षीय सलमान खान, चितवनको भरतपुर महानगरपालिका ५ निवासी १२ वर्षीया बालिका सदिक्षा वाग्ले, नवलपुरको हुप्सेकोट ४ निवासी २४ बर्षीया श्वेता आले, हुप्सेकोट ४ कै २२ वर्षीया जमुना रेश्मी र ३७ वर्षीया नरमाया आलेको उपचार भइरहेको छ ।