दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् । गौतमको दमक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी, मोटरसाइकलमा सवार गौतमकी श्रीमती ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको प्रनाउ खड्काले बताउनुभयो । दुर्घटनापछि ट्रक चालक तेह्रथुमको लालीगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पा, ट्रक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।