Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुटकेस भित्र अपरिचित महिलाको शव फेला


भाद्र ८, रौतहटमा पछिल्लो समय हत्याहिंसामा वृद्धि भएको छ ।


सदरमुकाम गौर स्थित मात्र एक साता भित्रमा तीन जनाको हत्या भएको छ।


रौतहटको सदरमुकाम गौरमा चार दिन अघि एक जना युवाको छुरा प्रहार गरी हत्या गरिएको घटना सेलाउन नपाउँदै गए राति फेरि एक जना महिलाको शव सुटकेस भित्र फेला परेको छ।


गौर नगरपालिका -९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवलवा गेट नजिक राति सुटकेस भित्र महिलाको शव बरामद भएको छ।


सुटकेस भित्र अपरिचित महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।


सुटकेस राति ९ बजे नै फेला परेको भएपनि प्रहरीले आज बिहान खोलेर हेर्दा अन्दाजी ३० बर्सिया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। स्थानीयहरूले शङ्कास्पद अवस्थामा सडक किनारमा फालिएको सुटकेस हेरेपछि प्रहरीलाई खबर गरेका थिए ।


सुटकेस भित्र बरामद भएको महिलाको पहिचान हुन् बाँकी छ । उक्त महिलाको कसैले हत्या गरी सुटकेस भित्र हालेर फालेको प्रहरीले जनाएको छ। प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।


घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सिसिटिभी क्यामेरा जाँच गरिरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले बताएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom