इटहरी, असोज १३ गते । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ मा दुई सय रुपैयाँको सामान्य कारोबार विवादले छुरा प्रहार हुँदा तीन जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार इटहरी–७ का दिलीप चौधरीले सर्फ र फिनेल विक्री गर्ने क्रममा किन्ने व्यक्तिले पैसा नदिएपछि विवाद उत्पन्न भएको हो । सोही विवाद चर्किँदै जाँदा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका तीन जनामध्ये दुई जनालाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ भने उनीहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।


.png)

