Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तुइनखोलामा पहिरो, मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध, हजारौँ यात्रु अलपत्र


चितवन, असोज १३ गते । दसैँ मनाउन घरतर्फ हिँडेका यात्रुहरू चितवनको तुइनखोलामा पहिरो खस्दा बाटैमा अलपत्र परेका छन् ।

आज बिहान करिब ११ बजेदेखि गएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने हजारौँ यात्रु बाध्य भएर घण्टौँ जाममा बसिरहेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउने प्रयास भइरहेको छ तर लगातार पहिरो खस्ने क्रम जारी रहँदा तत्काल सडक सञ्चालनमा ल्याउन नसकिने अवस्था छ ।

दशैँको भीडमा यात्रुहरू घर फर्किने क्रम तीव्र रहेकाले सडक अवरोधले थप समस्या निम्त्याएको स्थानीय प्रशासनले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom