Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गोरखामा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ





असोज ११ गते । गोरखामा प्रहरीले अवैध हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पालुङटार नगरपालिका–३ आँपपिपलस्थित मैबलका ६३ वर्षीय रामबहादुर राना मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार शुक्रबार राति करिब १० बजे गोप्य सूचनाको आधारमा राना मगरको घरमा खानतलासी गर्दा एक नाले दुई थान भरुवा बन्दुक बरामद गरिएको हो। त्यससँगै बन्दुक प्रयोग हुने बारुद र फलामको गज पनि बरामद भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा गएको टोलीले हतियारसहित रानालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom