Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार बढी विद्यार्थी उत्तीर्ण


असोज ११ गते । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार बोर्डले प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षा दिएका एक लाख ४३ हजार २५७ विद्यार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएका छन्।

पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो। गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन–ग्रेडेड’ प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीलाई बोर्डले यस पटक पुनः परीक्षा दिने अवसर उपलब्ध गराएको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom