Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : खनाल अर्थ, घिसिङ ऊर्जा, अर्याल गृहमन्त्रीमा सिफारिस


भदौ ३० गते । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याललाई सिफारिस गरिएको छ ।

प्रधानमन्त्री कार्कीले जेनजी अभियानका प्रतिनिधि तथा सरोकारवालासँग निरन्तर परामर्श गर्दै सरकार विस्तार प्रक्रिया अघि बढाइरहनुभएको छ । उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार सम्हाल्दै मन्त्रिपरिषद् गठनका विषयमा संवादलाई प्राथमिकता दिनुभएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom