Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १० लाख राहत


भदौ २९ गते । सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हाल्दै सो निर्णय लिएको सरकारका मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

निर्णयअनुसार प्रत्येक शहीदका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ भने घाइतेको निःशुल्क उपचार गरिनेछ ।

मुख्यसचिव अर्यालका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना सुरक्षाकर्मी गरी ७२ जनाको ज्यान गएको छ । त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom