Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्की र तनहुँ कारागारबाट भागेका ६ कैदी गोरखामा पक्राउ




भदौ २९ गते । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कास्की र तनहुँ कारागारबाट भागेका ६ जना कैदीलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार गोरखाका विभिन्न स्थानमा खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये गोरखाका चुमनुब्री गाउँपालिका–६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्यालेजन लामा, तेन्जिङ रिक्तेल लामा, सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटी र भीमसेन थापा गाउँपालिका–१ मसेलका राजेश विश्व स्नार रहेका छन् । उनीहरूमध्ये पाँच जना कास्की कारागारबाट र एक जना (उपरकोटी) तनहुँ कारागारबाट फरार भएका थिए ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार पठाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले कारागारबाट भागेका कैदीहरू जिल्लामा प्रवेश गर्ने सम्भावना देखेर विशेष सुरक्षा योजना बनाएर निगरानी बढाएको थियो । स्थानीयवासीले फरार कैदीहरू गोरखासम्म आइपुगेपछि समाजमा अपराध बढ्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै प्रहरीलाई शान्ति–सुरक्षा मजबुत बनाउन आग्रह गरेका छन् ।



Top Post Ad

post bottom ads

Ads Bottom