Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नवलपरासी कारागारबाट भागेकामध्ये ५६ जना कैदीबन्दी फर्किए





नवलपरासी, भदौ २९ गते । जेनजी आन्दोलनका क्रममा नवलपरासी पश्चिम कारागारबाट भागेका ५१३ जनामध्ये ५६ जना कैदीबन्दी फर्किएका छन् । जिल्ला कारागार प्रमुख बिकल श्रेष्ठका अनुसार अहिलेसम्म ५१ जना पुरुष र पाँच जना महिला कारागार फर्किएका हुन् ।

आन्दोलनका दिन कारागारमा रहेका कुल ५७६ कैदीबन्दीमध्ये ४४० पुरुष र ७३ महिला भागेका थिए । त्यतिबेला कारागारमा जम्मा ३२ जना मात्र (१४ महिला र १८ पुरुष) बाँकी रहेका थिए ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले बाँकी भागेकाहरुलाई तत्काल प्रशासनको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ । कारागारका अनुसार, केही कैदीबन्दीले सम्पर्कमा आएर यातायात अवरुद्ध भएको कारण ढिलाइ भएको बताएका छन् ।



Top Post Ad

post bottom ads

Ads Bottom