Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गोरखा बस दुर्घटना अपडेट : घाइते सबैको परिचय खुल्यो ,केहिलाई काठमाडौँ पठाइयो


भदौ १७ गते । गोरखाको भीमसेन थापा गाउँपालिकाको तान्द्राङ टारीफाँटमा मङ्गलबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सबैको परिचय खुलेको छ ।


प्रदेश–०१००६ ख ४१३९ नम्बरको बस दुर्घटना हुँदा आरुघाट अस्पतालमा १७ र काठमाडौँमा चार जना गम्भीर घाइतेहरुको उपचार लागि पठाइएको छ ।


गम्भीर घाइते हुनेहरुमा अलि आलम बिहार भारत, गाडी चालक जगबहादुर थापा मागर गण्डकी गाउँपालिको–२ गोरखा, दीपक गुरुङ गोरखा आरुघाट गाउँपालिका – ६ र दुर्गाबहादुर खत्री, गोरखा नगरपालिका–४ का सहचालक गम्भीर घाइते भई काठमाडौँ उपचारका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।


अन्य घाइतेहरुमा आरुघाट गाउँपालिका –५ का सन्तोष खड्का, आरुघाट गाउँपालिका –५ का यदुकुमार सोडारी, आरुघाट गाउँपालिका–४ का रोमन गुरुङ, धार्चे गाउँपालिका – ५ का मेलिना गुरुङ, जलेश्वर – ७ महोत्तरीका सुजिता यादव, भीमसेन गाउँपालिका – २ का टेकप्रसाद भट्टराई धादिङ त्रिपुरासुन्दरी – २ का घमेन्द्र थापा, भारतका तप्पे आलम घाइते हुनुभएको छ ।


त्यस्तै, काभ्रेको तिमाल गाउँपालिका – ८ का आकाश तमाङ, भीमसेन थापा गाउँपालिका – २ गोरखाका लोकनाथ भट्टराई, इलामका किसिन राई, चुमनुब्री गाउँपालिका – २ छिरिङ लामा, भीमसेन थापा गाउँपालिका – २ गोरखाका सन्देश भट्टराई, भीमसेन थापा गाउँपालिका – २ गोरखाका सचिन बाबु भट्टराई, भीमसेन थापा गाउँपालिका – २ गणेश भट्ट, आरुघाट गाउँपालिका – ४ का विशाल गुरुङ, धार्चे गाउँपालिका – २ गोरखाका घारे गुरुङको आरुघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


गोरखाका प्रहरी निरिक्षक ध्रुव शर्माका अनुसार दुर्घटना परी रात्रिकालीन बसमा सवार २६ जनामध्ये पाँच दुर्घटना हुनुभन्दा पहिले नै झरिसकेकाले २१ जनामध्ये चार जना गम्भीर घाइते भई काठमाडौँ रेफर गरिएको छ । साथै दुर्घटनामा सबैभन्दा बढी भीमसेन थापा गाउँपालिका – २ का नागरिक घाइते भएको उहाँले बताउनुभयो ।  


१७ जना घाइतेलाई तत्काल स्थानीय र इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी टोलीले उपचारका लागि आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेकाले आवश्यकताका आधारमा रेफर गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom