Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गोरखामा रात्रिबस दुर्घटना, २१ यात्रु घाइते


भदौ १७, गोरखा । काठमाडौँबाट आरुघाट–सोतीतर्फ जाँदै गरेको रात्रिबस गोरखाको भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् ।

बा०१–००६ख ४१३१ नम्बरको बस बिहान सबेरै सडकबाट अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

बसमा २२ जना यात्रु सवारमध्ये २१ जना सामान्य घाइते भएको र उनीहरूको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom