गोरखा घर भएका ७६ वर्षीय विनोद श्रेष्ठको घरमा गरिएको छापामारीबाट करिब ४ करोड रुपैयाँ बराबरको नगद फेला परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। सोही क्रममा तयारी अवस्थामा रहेका सुनका गहनासमेत बरामद भएको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार बरामद गहनाको तौल र मूल्याङ्कनको काम भइरहेको छ। ठूलो मात्रामा नगद भएकाले रकमको यकिन संख्या पत्ता लगाउन गणना मेशिन प्रयोग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिनुभयो।
बरामद सम्पत्तिको श्रोतबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र घरधनी विनोद श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।