भिरकोट नगरपालिका–२ ठाडोलाईस्थित क्षेत्रमा सोमबार बिहान करिब ११:३० बजे प्रहरी चौकी वहथुमबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ग–१–त ७४०९ नम्बरको ट्याक्टरले स्टक प्रमाणपत्र नभएको बालुवा ओसारपसार गरिरहेको फेला पारेको हो। उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भिरकोट नगरपालिका कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
यस्तै, सोही दिन प्राप्त सूचनाको आधारमा वालिङ नगरपालिका–९ नाकेडाँडामा खटिएको वडा प्रहरी कार्यालय वालिङको विशेष टोलीले ग–१–त ५७६९ नम्बरको ट्याक्टरलाई बालुवा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। सो ट्याक्टरलाई समेत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वालिङ नगरपालिका कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।