Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतबाट भन्सार छली ल्याइएका लत्ताकपडा र मोटरसाइकलसहित युवक पक्राउ


भदौ २२ गते । भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान सिरहाको गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गणको गस्ती टोलीले सुखीपुर नगरपालिका–७ सिसवा निवासी २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो ।

यादवसँगै रहेका अर्को मोटरसाइकल चालक भने फरार भएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिएका छन् । यादवको साथबाट रु. २ लाख ८२ हजार ८०० बराबरको लत्ताकपडा र रु. २ लाख ५० हजार मूल्य बराबरका दुई मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीको कुल मूल्य रु. ५ लाख ३२ हजार ८०० रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली सामान भित्र्याउने गतिविधि रोक्न सशस्त्र प्रहरीले निगरानी कडा पारेको छ । बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom