Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चोरी गर्दै गर्दा रंगेहात पक्राउ


पोखरा ।

कास्कीको पोखरा महानगरपालिका–२६ माझको डाँडास्थित एक घरमा चोरी गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जेठ २२ गते दिउँसो करिब ११:३० बजे धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारेर घरको मूलढोका तथा भित्री कोठाको ताल्चा फोडी दराजसमेत तोडफोड गर्दै धनमाल चोरी गरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले भाग्ने प्रयास गरिरहेका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ निवासी ३६ वर्षीय राजन तामाङलाई नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा ताल्चा फोड्न प्रयोग गरिएको फलामको औजारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले तामाङविरुद्ध चोरी तथा डाँका उद्योग सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom