Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा भीआर मोटरसाइकलको ठक्करबाट छोराको ज्यान गयो बाबू घाइते

जेठ १८ गते । पोखराको न्युरोड क्षेत्रमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक किशोरको ज्यान गएको छ भने उनका बुबा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पुरानो महानगरपालिका कार्यालय अगाडि ग १८ प ९८८१ नम्बरको भीआर मोटरसाइकलले ग १० प ८१४० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटरमा सवार पोखरा–११ फुलबारी निवासी १७ वर्षीय सिर्जन तिवारी गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि सडकमा बजारिएका तिवारीको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रक्तस्राव भएको प्रहरीले जनाएको छ। तत्काल उद्धार गरी पद्मश्री अस्पताल पुर्‍याइए पनि अवस्था जटिल भएपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा स्कुटर चालक रहेका उनका बुबासमेत घाइते भएका छन्। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।

दुर्घटनामा संलग्न भीआर मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom