Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुलसी अधिकारी नेपाल ल्याइन्


जेठ १७ गते । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा रहेकी तुलसी अधिकारी (तुलसा अधिकारी) लाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले का अनुसार अन्तर्राष्ट्रिय स्तरमा रेड नोटिस जारी भएपछि उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो। हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

अधिकारीविरुद्ध करिब ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर गरिएको थियो। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि ललितपुर जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दायर गरेको थियो।

प्रहरीका अनुसार परिवर्तित नाम ‘शंकर चिमोरिया’ ले दिएको जाहेरीका आधारमा अधिकारीमाथि ‘हनी ट्र्याप’ मार्फत आपराधिक लाभ लिएको, ठगी गरेको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।

उनीविरुद्ध आपराधिक लाभ, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले आरोपहरू अन्तिम रूपमा अदालतबाट पुष्टि हुन बाँकी छ।

Top Post Ad

post bottom ads

Ads Bottom