Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

कोरला नाका खुल्दामात्रै ३ दिनमा करिब १० करोड राजस्व संकलन


असोज २, मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङले कोरला नाका सञ्चालनमा आएपछि तीन दिनमै ९ करोड ७० लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार प्रमुख रमेश खड्काका अनुसार चीनतर्फबाट आयात भएका विद्युतीय गाडीबाट सो राजस्व संकलन भएको हो।

११ दिनअघि सञ्चालनमा आएको नाकाबाट हालसम्म ८५ कन्टेनरमार्फत १६१ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन्। तीमध्ये ४५ कन्टेनरको भन्सार प्रक्रिया पूरा भइसकेको छ।

यससँगै, नेपाली वस्तु चीन पठाउन दुई गाडीको भन्सार पास पनि गरिएको भन्सार कार्यालयले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom