भक्तपुर, असोज १४ गते । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मिलनचोक बसोबास गर्ने २८ वर्षीय सोनम शेर्पा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।
१५ वर्षीया बालिकामाथि करणी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।




