Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राप्ती नदीमा माछा मार्ने क्रममा ११ वर्षीय बालक बेपत्ता





असोज १४ गते, बाँके । राप्तीसोनारी गाउँपालिका–७ सैयापुरका ११ वर्षीय भीम पुन राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् ।

वडा अध्यक्ष राम लखन थारुको अनुसार सोमवार दिउँसो भीम आफ्ना पिता प्रेम पुनसँगै पिप्रहवा घाट नजिक माछा मार्न गएका बेला दुर्घटना भएको हो । माछा मार्ने क्रममा नदीमा पसेका भीम एक्कासी डुबेर बेपत्ता भएका हुन् ।

घटनापछि स्थानीयले तत्काल खोजी गरे पनि केही पत्ता लागेन । जानकारी पाएपछि शमसेरगन्जस्थित सशस्त्र प्रहरीको गोताखोर टोलीले सोमवार अबेर रातिसम्म खोजी गरे पनि नपाएपछि फर्किएको वडा अध्यक्षले जानकारी दिनुभयो ।

मंगलवार बिहानदेखि स्थानीयवासीले फेरि नदी किनार नजिक र टाढासम्म खोजी कार्य जारी राखेका छन् । तर अहिलेसम्म बालकको अवस्था अज्ञात छ ।

दसैंको मुखमा भिम बेपत्ता भएपछि पुन परिवारमा गहिरो शोक छाएको छ भने गाउँ नै शोकाकुल बनेको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom