बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार हेटौँडा बजारबाट बसामाडी जाँदै गरेको ना २६ प ४९०३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको बा.प्र.०३–००५ प ९२६८ नम्बरको स्कुटरले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा बा.प्र.०३–००५ प ९२६८ नम्बरको स्कुटर चालक हेटौँडा–११ थानाभर्याङका २५ वर्षीय विशाल लामा, पछाडिबाट सवार हेटौँडा–३ बसामाडीका २३ वर्षीय विशाल गजमेर, ना २६ प ४९०३ नम्बरको स्कुटर चालक हेटौँडा–३ तत्लोतालकी ३१ वर्षीया शिला रिजाल र पछाडिबाट सवार हेटौँडा–११ शान्तिचोककी ४७ वर्षीया गौरी बर्तौला घाइते भएका हुन् ।
घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते लामा उपचाररत छन् भने अन्य तीन जना उपचारपछि डिस्चार्ज भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।






