Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बुढानिलकण्ठमा जेनजी आन्दोलनकारीको आक्रमण, देउवा–राणा घाइते


भदौ २४ ।

जेनजी आन्दोलनकारीले बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणामाथि आक्रमण गरेको भनिएको भिडिओ सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भएको छ। सो भिडिओमा दुबै जना रगताम्य अवस्थामा देखिएका छन्।

सुडकेशसहित रहेका देउवा र राणामाथि आन्दोलनकारीले हातपात र आक्रमण गरेको दाबी गरिएको छ। आन्दोलनकारीले बुढानिलकण्ठस्थित निवासमा आगजनीसमेत गरेका थिए। त्यस्तै विभिन्न नेता तथा मन्त्रीहरूको घरमा समेत तोडफोड र आगजनी भएको पुष्टि भएको छ।

आन्दोलन व्यापक हुँदै गएपछि सुरक्षा निकायका प्रमुखहरूले शान्ति र संयम कायम राख्न आग्रह गरेका छन्। उनीहरूले संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षसँग अपिल गरेका छन्।

त्यसैबीच आन्दोलनको चाप र बढ्दो असन्तोष सहन नसकी प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। यससँगै नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको टिप्पणी राजनीतिक वृत्तमा गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom