Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

महानगर कार्यालयमा आगजनी, एक प्रदर्शनकारी घाइते


भदौ २४ गते, पोखरा । देशव्यापी जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिका कार्यालयमा प्रदर्शनकारीहरूले ठूलो क्षति पुर्याएका छन्।

पोखरा सभागृहमा भेला भएका युवाहरू न्युरोडस्थित महानगरपालिका कार्यालयतर्फ पुगेका थिए। प्रदर्शनकारीहरूले गेट भत्काई कार्यालयभित्र प्रवेश गरेर आगजनी गरेका छन्। निरन्तर ढुंगामुढा भइरहेकाले प्रहरीले तत्काल आगो नियन्त्रणमा लिन सकेको छैन।

आगलागीबाट गेटसहित कार्यालय भित्रपट्टि क्षति पुगेको प्रारम्भिक जानकारी छ, तर आगो अझै नियन्त्रणमा नआएकाले क्षतिको परिमाण आकलन हुन सकेको छैन। सुरुमा ढुंगामुढा गर्दा कार्यालयका झ्यालहरू फुटेका थिए भने त्यसपछि एउटा मोटरसाइकलमा समेत आगजनी गरिएको छ। सो मोटरसाइकल कसको हो भन्ने जानकारी खुल्न बाँकी छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं अश्रुग्यासका क्यानस्टर र रबरको गोली प्रहार गरेको छ। सो क्रममा करिब २७–२८ वर्षका एक युवा रबरको गोली लागी घाइते भएका छन्। उनीहरूको पहिचान खुल्न बाँकी छ भने प्रदर्शनकारीहरूले उनलाई उद्दार गरी अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom