गुल्मी, असोज १३ गते । गुल्मीमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस आज दिउँसो साढे ३ बजे रेसुंगा नगरपालिका–४ मा दुर्घटनाग्रस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परेका मध्ये ४ जनाको अवस्था मध्यम छ भने ११ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ३–४ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने देखिएको छ ।


.png)

