Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साथीसँग पौडी खेल्न जाँदा नदीमा हराएका १८ वर्षीय सुदर्शन तारको जालीमा अड्किएको अवस्थामा भेटिए


सल्यान, असोज १३ गते । सल्यानको शारदा नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

शारदा नगरपालिका–२ खलंगाका १८ वर्षीय सुदर्शन उपाध्याय सोमबार दिउँसो शारदा नगरपालिका–१ श्रीनगरस्थित झोलुङ्गे पुल नजिकै पौडी खेल्ने क्रममा डुबेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार खोजतलास गर्दा पानीमुनि तारजालीमा अड्किएको अवस्थामा उपाध्यायलाई मृत फेला पारिएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । उपाध्याय १६ वर्षीय साथी सुजन उपाध्यायसँगै नदीमा पौडी खेल्न गएका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom