बुटवलबाट गुल्मीको पुर्कोट जाँदै गरेको लु १ ज ४७२४ नम्बरको गाडी अनियन्त्रित भई करिब ३० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेलको मृत्यु भएको छ ।
त्यसैगरी गम्भीर घाइते गुल्मी मदाने–६ का ३२ वर्षीय तारा सेन केसीलाई ढाड र टाउकोमा चोट लागेकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य २० जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसीले जानकारी दिनुभयो ।
गाडीमा चालकसहित २६ जना सवार रहेका थिए । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सवारी चालकसमेत घाइते भएका छन् । गाडीमा ८ जना बालबालिका समेत सवार रहेको बताइएको छ ।


.png)

