Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै नेपाल सेमिफाइनलमै बाहिर




असोज ९ गते । श्रीलङ्काको कोलम्बोमा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। आज सम्पन्न दोस्रो सेमिफाइनलमा साविक विजेता भारतले नेपाललाई ३–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले समान एक–एक गोल गरे। तीनै गोल दोस्रो हाफमै सम्भव भएका थिए। गुनलेइबाले ६१औँ मिनेटमा खाता खोले भने अजलानले ८०औँ मिनेटमा अग्रता दोब्बर बनाए। इन्जुरी टाइममा डायमन्डले थप गोल गर्दै भारतको सहज जित सुनिश्चित गरे।

नेपाल समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको थियो। समूह चरणमा नेपालले श्रीलङ्कालाई २–० ले पराजित गरेको थियो भने बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो। भारत भने समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो। उसले माल्दिभ्सलाई ६–०, भुटानलाई १–० र पाकिस्तानलाई ३–२ ले पराजित गरेको थियो।

यस जितसँगै भारत उपाधि होडमा प्रवेश गरेको छ भने नेपाल भने सेमिफाइनलमै रोकिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom