सप्तरी, असोज १३ गते । विद्युत् प्राधिकरण हनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ घर भएका करिब ४५ वर्षीय दैनिक ज्यालादारी कर्मचारी दिनेश सुतिहार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर कुरीका अनुसार सुतिहारले हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा विद्युत्को पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको हो ।
घाइते अवस्थामा विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएका उनलाई उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


.png)

