पोखरा , असोज १३ गते । चितवनको तुइनखोलामा खसेको ठूलो पहिरो पन्छाएपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड फेरि सञ्चालनमा आएको छ ।
आज बिहान करिब ७ बजे खसेको सानो पहिरो पन्छाएर सडक केही समय सञ्चालनमा आएको थियो । तर दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको थियो ।
सडक अवरुद्ध भएपछि तीनवटा उपकरण परिचालन गरी लगातार पन्छाउने काम गरिएको थियो । लगातार पहिरो खस्ने क्रम जारी रहे पनि अन्ततः केहीबेर अघि दुईतर्फी नै सवारीसाधन चल्ने गरी सडक खोलिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


.png)

