काठमाडौं, भदौ २४ – देशमा फैलिएको भ्रष्टाचार, कानूनी शासनको अवहेलना, कुशासन, सामाजिक सञ्जाल बन्द गरी अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिएका छन्।
आज जेनजीले आयोजना गरेको प्रदर्शनमा भएको सरकारी दमनको तीव्र भर्त्सना गर्दै रास्वपा संसदीय दलले शान्तिपूर्ण आन्दोलनमा संलग्न निहत्था युवामाथि भएको आमहत्यालाई “कुशासन लम्ब्याउने आततायी कदम” भन्दै कडा चेतावनी दिएको छ। वक्तव्यमा भनिएको छ, “आफ्नै सन्तानको रगतमा लतपतिएर शासन गर्ने प्रयास अब जनताले सहने छैनन्।”
रास्वपाले तत्कालीन परिस्थितिमा सरकारको औचित्य समाप्त भइसकेको भन्दै निम्न माग अघि सारेको छः
रास्वपाले संघीय संसद् अब वैधता गुमाइसकेको ठहर गर्दै शीघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव अघि सारेको छ। साथै, आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।
यसै सन्दर्भमा रास्वपा संसदीय दलका सबै प्रतिनिधिसभा सदस्यहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको जानकारी दिइएको छ।





