![]() |
| सांकेतिक तस्विर |
पाल्पाको रम्भा गाउँपालिका–१, संगाहामा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीका अनुसार सोमबार अपरान्ह सुनौलीबाट रामपुरतर्फ गइरहेको बा १९ च ६६६१ नम्बरको कार कालीगण्डकी करिडोर सडकखण्डमा सडकछेउको ढुङ्गामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेहरूमा चालक हम्जा खान (४० वर्ष), रुक्साना खातुन (३० वर्ष), फारुख खान (३६ वर्ष), हम्दान खान (१३ वर्ष), फरदान खान (४ वर्ष) र इफरा खान (६ वर्ष) रहेका छन्। ती सबै पाल्पाको रामपुर नगरपालिका–५ बेझाँडका बासिन्दा हुन्।
घाइतेमध्ये रुक्साना खातुनको अवस्था गम्भीर रहेको र सबै जनालाई उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।


.png)

