उदयपुरमा १६ वर्षीया दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्।
पहिलो घटनामा चौदण्डीगढी नगरपालिका–२ चारघरेका १९ वर्षीय सञ्जय सदालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। सञ्जयले ती १६ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको भन्ने उजुरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी, कटारी नगरपालिका–९ लिम्पाटारका १९ वर्षीय भोजराज परियारलाई पनि अर्को १६ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोमबार नै प्रहरीले पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय कटारीको टोलीले पक्राउ गरेको हो।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


.png)

