असोज २० गते ।
पछिल्ला मनसुनी विपदका कारण देशभर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ अद्यावधिक गरेको विवरणअनुसार पहिरो, बाढी र चट्याङलगायत घटनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पहिरोमा परी इलाममा ३७, पाँचथर र काभ्रेपलाञ्चोकमा एक–एक जना गरी ३९ जनाको ज्यान गएको छ।
त्यस्तै, बाढीबाट पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा एक–एक जना गरी छ जना, चट्याङबाट दुई जना, र अविरल वर्षाका कारण उदयपुरमा एक जनाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार हालसम्म छ जना बेपत्ता रहेका छन् — जसमा रसुवामा चार, इलाममा दुई (एक बाढी, एक पहिरो) जना छन्।
ती घटनामा २८ जना घाइते भएका छन्। घाइते हुनेमध्ये इलाममा १०, पाँचथरमा २, ललितपुरमा २, भोजपुरमा ३, खोटाङमा ३, र उदयपुर, मकवानपुर, ताप्लेजुङ, धनकुटा र बारामा एक–एक जना छन्।
त्यस्तै, बाढीबाट खोटाङमा एक जना र अविरल वर्षाका कारण धनकुटा र बारामा एक–एक जना घाइते भएका छन्।
अविरल वर्षाका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य निरन्तर जारी रहेको प्राधिकरणले जनाएको छ।
हालसम्म १८ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।


.png)

