Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाली कांग्रेसमा कार्यवाहक सभापतिमा खड्का


असोज २८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भने, “मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु। उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।”

उपसभापति खड्का नेपाली कांग्रेसका पूर्व महामन्त्री समेत भइसकेका छन् । खड्काले दुई पटक गृहमन्त्री, दुई पटक युवा तथा खेलकुद मन्त्री, साथै सञ्चार तथा उद्योग वाणिज्य मन्त्रीको जिम्मेवारी समेत वहन गरिसकेका छन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom