पर्साको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिक्की गोसाई दुधौरा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका हुन्।
स्थानीय प्रहरीका अनुसार गोसाईं आफ्ना साथी अनुराग केशरीसँग टिकटक भिडियो खिच्ने उद्देश्यले खोलामा हामफालेका थिए। तर, तीव्र बाढीको बहावले उनलाई बगाएको हो।
केशरी भने पौडेर किनारमा निस्किन सफल भएका छन्, तर गोसाईं बेपत्ता छन्।
घटनापछि प्रहरीले स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य सुरु गरेको जनाएको छ। निरन्तर वर्षाका कारण खोलाको पानीको सतह बढिरहेको र उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।




