Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जबर्जस्ति मुद्दामा फरार भएका दुई जना कैदी स्याङ्जाबाट नियन्त्रणमा



जेन्जी आन्दोलनको क्रममा काठमाडौँ र पोखराबाट फरार भएका कैदी पक्राउ

स्याङ्जा, असोज १९।
जेन्जी आन्दोलनका क्रममा फरार भएका दुई जना कैदीलाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले विशेष सूचनाको आधारमा असोज १९ गते पक्राउ गरी उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला कारागार स्याङ्जा पठाएको हो।

पक्राउ परेकामध्ये

  • पहिलो, जिल्ला स्याङ्जा वालिङ नगरपालिका–९ बस्ने ३५ वर्षीय मदन माझी हुन्। उनी काठमाडौँको केन्द्रीय कार्यालय जगन्नाथदेवल कारागारबाट फरार भएका थिए।

  • दोस्रो, जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका–६ बस्ने १९ वर्षीय युवक (नाम गोप्य) हुन्, जो पोखरास्थित बाल सुधारगृहबाट जबरजस्ती करणी मुद्दामा फरार भएका थिए।

दुवै जना कैदीहरूलाई प्रहरीले शनिबार पक्राउ गरी पुनः कारागार स्याङ्जा पठाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

जेन्जी आन्दोलनको अव्यवस्थाबीच गत भदौ २४ गते देशभरका विभिन्न जेल तथा सुधारगृहबाट कैदीहरू फरार भएका थिए। सोही क्रममा भागेका ती दुई जनालाई प्रहरीले करिब एक महिनापछि पक्रेको हो।



Top Post Ad

post bottom ads

Ads Bottom