Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुख्खा पहिरोले रिडी–तम्घास सडकखण्ड अवरुद्ध





गुल्मी, असोज २०।
मदान भण्डारी राजमार्गअन्तर्गतको रिडी–तम्घास सडकखण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ।

रुरुक्षेत्र गाउँपालिका–३ स्थित पानीटङ्कीनजिक सडकमाथिबाट ठूला ढुंगासहित सुख्खा पहिरो खसेपछि बिहानैदेखि सवारी आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दसैं मनाएर घर फर्किने यात्रुको चाप बढिरहेको बेला सडक अवरुद्ध हुँदा सवारीसाधनहरू बाटोमै रोकिएका छन्। प्रहरीका अनुसार, यात्रुहरूको सहजताका लागि सवारीसाधनलाई पानीटङ्की–सालबिसौना मार्ग हुँदै वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार, पहिरोले राजमार्गको दायाँबायाँ ठूला ढुंगाहरू थुप्रिएका कारण सडक सुचारु गर्न कठिनाइ भइरहेको छ।

त्यसैगरी, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सडक निर्माण कम्पनीको सहयोगमा डोजर परिचालनको तयारी भइरहेको बताउनुभयो। उहाँका अनुसार, पहिरोपछि पनि लगातार साना ढुंगामाटो खसिरहेकोले सडक पूर्णरूपमा सुचारु गर्न केही समय लाग्ने छ।



Top Post Ad

post bottom ads

Ads Bottom