Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबाट किशोरी बेपत्ता, खोजीका लागि परिवारको अपिल


असोज २० गते । पोखराको काहुँखोला क्षेत्रबाट एक किशोरी बेपत्ता भएकी छिन्। पोखरा महानगरपालिका–१३ की १७ वर्षीय सदिच्छा दाहाल मिति २०८२ असोज १८ गते मामा घर जाने भन्दै घरबाट हिँडेकी थिइन् तर हालसम्म फर्किएकी छैनन्।

परिवारका अनुसार सदिच्छा काहुँखोलाबाट बस चढी मामा घरतर्फ गएकी थिइन्। तर, उनी मामा घर नपुगेकी र आफन्त–इष्टमित्रहरूसँग समेत सम्पर्कमा नरहेको परिवारले जनाएको छ।

गहुँगोरी वर्ण, करिब पाँच फिट चार इन्च उचाइ, पातलो शरीर भएकी र कालो रङ्गको कपडा लगाएकी सदिच्छा हालसम्म बेपत्ता रहेको परिवारको भनाइ छ।

बालिका हराएको सूचनापछि प्रहरीले खोजी कार्य सुरु गरेको छ। प्रहरीले सर्वसाधारणलाई सादृश्य हुलियाकी किशोरी देखेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रहरीले सम्भावित सबै स्थानमा खोजी कार्य तीव्र बनाएको र सूचनाको आधारमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom