सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन्।
आइतबार राति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले धानबारीभित्र प्लास्टिकका १३ बोरामा लुकाइराखिएको ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो।
गाँजा ओसारपसारमा संलग्न रहेका सोही स्थानका ४५ वर्षीय दिनेश यादवलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
बरामद गाँजा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउन प्रहरीले तयारी गरिरहेको जनाएको छ।


.png)

