Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गुडिरहेको कारमा आगलागी, चालक परिवार सकुशल

 

उदयपुर — उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदन भण्डारी राजमार्गमा गुडिरहेको कारमा आगलागी भएको छ।
इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा.९ च. ८६६८ नम्बरको फोर्ड कम्पनीको भिभो कार पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार, कार चालक इलामको चुलाचुली गाउँपालिका–५ का ४२ वर्षीय प्रेम सेन्चुरी, उनकी श्रीमती २७ वर्षीया अनिता सेन्चुरी र छोरा १४ वर्षीय आयुष सेन्चुरी सकुशल रहेका छन्।

तर, सानो छोरा ७ वर्षीय आरोन सेन्चुरी सामान्य घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि उदयपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दोङले जानकारी दिए।



Top Post Ad

post bottom ads

Ads Bottom