Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

५२ वर्षीया एकल महिला आफ्नै घरमा मृत फेला, हत्याको आशंका



ओखलढुङ्गा — सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटुवाल कार्की सोमबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्।


घरमा एक्लै बस्दै आएकी कार्कीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार मृतकका श्रीमानको केही वर्षअघि निधन भएको थियो।
“शव भेटिएको स्थान र अवस्थाले घटना शंकास्पद देखिएको छ,” उनले बताए, “त्यसैले थप प्रमाण संकलनका लागि धरानस्थित कोशी प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर (केनाइन) झिकाइएको छ।”

स्थानीयवासीले असोज २७ गते बिहान कार्कीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले घटनास्थलमा पुगेर शव नउठाई प्रारम्भिक अनुसन्धान सुरु गरेको हो।

प्रहरीका अनुसार घटनालाई हत्या हुनसक्ने आशंकामा लिएर प्राविधिक अनुसन्धान, प्रमाण संकलन र पोस्टमार्टम तयारी अघि बढाइएको छ।
घटनाको कारण र विवरण सार्वजनिक गर्न अनुसन्धान परिणाम पर्खनुपर्ने प्रहरीको भनाइ छ।



Top Post Ad

post bottom ads

Ads Bottom